बारा । बाराको कलैया उपमहानगरपालिका २३ सिसहनिया चोकस्थित सडकमा ना १ ज १९४१ नम्बरको टाटा सुमोले बा ५९ प ४०५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका २३ बैराटपुर बस्ने ३४ वर्षीय उपेन्द्र राउत कुर्मीको गएराति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सुमो चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।




