वीरगंज । वीरगंज महानगरपालिका १६ बाट करिब ५ किलो २ ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । सोमबार राति प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका ८ का ४३ वर्षीय सुर्य बहादुर थिङ र ३६ वर्षीय हिरालाल तामाङ रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान तथा थप कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।




