सर्लाही । सप्तरी र सर्लाही जिल्लामा छुट्टाछुट्टै घटनामा दुई जना मृत अवस्थामा फेला परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ विश्वकर्मा चोकस्थित सिंचाइ नहरमा सोमबार नाम, थर र वतन नखुलेकी एक महिला मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
त्यसैगरी सर्लाहीको ब्रहम्पुरी गाउँपालिका २ बस्ने ६५ वर्षीय ईलियास शेख सोमबार आफ्नै घरमा मृत फेला परेका छन् । प्रहरीले दुवै घटना बारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




