वीरगन्ज । वीरगन्जमा भेटिएका हैजा संक्रमित मध्य ११ प्रतिशत विरामीको अवस्था अत्यन्त गम्भीर रहेको छ । वीरगन्जको विभिन्न अस्पतालमा भर्ना रहेका २ सय २० जना मध्य २४ जनाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको छ । उनीहरुलाई सघन कक्ष (आइ.सि.यु) मा राखि उपचार भइरहेको छ ।
वीरगन्जको विभिन्न अस्पतलाको आइसियुमा भर्ना रहेकाहरुको रत्तचाप नभेटिएको, शरिरमा पानी भएको कारण मृगौलामा क्रेटनिङ सिरमको मात्र बढदै गएको वीरगन्ज हेल्थ केयर अस्पतालमा संचालक डा. अबुलहैस अंसारीले जानकारी दिए ।
उनले अत्याधिक रुपमा भएको झाडापखालाका कारण विरामीको शरिरमा पानीको मात्रा कम भएको कारण मृगौलामा समस्या देखिएको छ भने विरामीको ज्यान जोगाउन दुवै हातको नसाबाट स्लाई चडाउनु परेको बताए ।
वीरगन्जको विभिन्न अस्पतालको संघन कक्ष (आइ.सि.यु) मा भर्ना रहेका विरामी मध्य सबैभन्दा बढी ९ जना वीरगन्ज हेल्थ केयर अस्पताल र ८ जना तराई अस्पतालमा भर्ना भएका छन् ।
वीगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गाराएको तथ्याँक अनुसार सोमबार साँझ ८ बजेदेखि मंगलबार विहान ८ बजेसम्ममा झाडापखाला भएका ६२ जना नयाँ विरामी विभिन्न अस्पतालमा भर्ना भएका छन् ।
शुक्रबार बेलुकादेखि मंगलबार विहानसम्म झाडापखालामा ३ सय ९१ जना विरामीले वीरगन्जका विभिन्न अस्पतालमा उपचार गएका छ भने सो मध्य १ सय ७१ जना विरामी निको भई घर फिर्ता भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
बारा पर्सा लगायतका जिल्लाबाट उपचार गराउन वीरगन्जका विभिन्न अस्पतालमा आएका विरामी मध्य ४४ प्रतिशत विरामी निको भई घर फिर्ता भएका छन् भने विरामी भर्ना हुने संख्यामा समेत कमी आएको चिकित्सकहरुले बताएका छन् ।





