बारा । बाराको आधाभार जंगलमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणमा परी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । जितपुरसिमरा उपमहानगरपालिका २२ दुई नं. पुल निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोज तलास गर्दा आधाभार जंगलमा स्कुटी र घाँस भेटिएको थियो । उनीहरुले प्रहरीलाई खबर गरेपछि नेपाली सेनासहितको टोली घटना स्थलमा पुगेको हो । त्यसपछि प्रहरीले खोज तलास गर्ने क्रममा त्यही क्षेत्रमा चप्पल र केही रगतको दाग भेटिएको थियो ।
शवको टाउको नभएको र बाघले आक्रमण गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमाट्मका लागि प्रादेशीक अस्पताल कलैयामा पठाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।




