बारा । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका २ अमृतगञ्जमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । स्थानिय ६५ वर्षीय रामेश्वर महत्तोको बिहीबार दिउँसो तरकारी बारीमा पानी हाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उनले विद्युतीय मोटर प्रयोग गरेर बारीमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




