रौतहट । रौतहटको बौधीमाई नगरपालिका ७ स्थित वडा कार्यालयबाट विभिन्न सामग्री चोरी भएको छ । प्रहरीका अनुसार बिहिबार राति कार्यालयमा राखिएको कम्प्युटर सेट १ थान, फिङ्गर प्रिन्ट मेसिन १ थान, वाइफाई राउटर, वुफर लगायतका सर सामान चोरी भएको हो ।
चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनको खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




