रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ४ काठे पुलस्थित सडकमा शुक्रबार राति सवारी दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ । घटनामा मृत्यु हुने व्यक्ति सप्तरी, राजपुर नगरपालिका ९ का ३५ वर्षीय अशोक कुमार यादव रहेका छन् ।
प्रहरीका अनुसार, स १० प ७७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । गम्भीर घाइते भएका यादवलाई तत्काल हाईवे अस्पताल चपुर लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको पुष्टि भएको छ । स्थानीय प्रहरीले दुर्घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।




