बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुर शान्ति टोलस्थित धर्मशालामा शुक्रबार एक पुरुष मृत अवस्थामा फेला परेको छ । मृतक सर्लाही, ईश्वरपुर नगरपालिका ७ फुल्जोर घर भएका ६० वर्षीय गोपाल चौधरी रहेका छन् ।
स्थानीय स्रोतका अनुसार, चौधरीलाई धर्मशालामा मृत अवस्थामा भेटिएको थियो । प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ । मृत्युको कारण बारे प्रारम्भिक जानकारी पत्ता लगाउन पोस्टमार्टमका लागि शव सुरक्षित गरिएको छ ।




