बारा । बारामा आइतबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटना हुँदा २५ र २८ वर्षीय दुई युवाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरीका अनुसार मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका ७ परसवा बस्ने अन्दाजी २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका ७ बस्ने २८ वर्षीय महेश पण्डित रहेका छन् ।
आइतबार दिउँसो जितपुर सिमरा उपमहानगरपालिका २ पानीट्यांकी नजिकै सिमरादेखि पथलैयातर्फ जाँदै गरेको बा ९० प ६७९४ नम्बरको र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल ठोक्किँएका थिए ।
बा ९० प ६७९४ नम्बरको मोटरसाइकलका चालक रोशन थिए । त्यसको पछाडि रौतहट परासवा निवासी ३४ वर्षीय भूपेन्द्र चौधरी थिए । घाइते भूपेन्द्रको स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ ।
रोशनको प्रादेशिक अस्पताल कलैयामा र महेशको एल एस न्यूरो अस्पताल परवानीपुरमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।




