रौतहट । रौतहटमा स्कार्पियोको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गुजरा नगरपालिका ५ इस्लामपुरका ६० वर्षीय शेख जकाहुल रहेका छन् ।
निजगढबाट कटहरिया तर्फ जाँदै गरेको बा १६ च ४१६ नम्बरको स्कार्पियोले दुधिअवाबाट लक्ष्मीपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई गुजरा ४ स्थित जंगलसहिया चौकमा आइतबार साँझ करिब ४ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।
उक्त स्कार्पियो कटहरिया नगरपालिका ८ बलुवा टोलका पिताम्वर मिश्राका छोरा अमित कुमार मिश्राले चलाइरहेका थिए । ठक्करबाट गम्भीर घाइते भएका जकाहुललाई तत्कालै उद्धार गरी वीरगंजस्थित बयोधा अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिए ।
घटनापछि प्रहरीले चालक मिश्रालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको असई सिताराम चौधरीले बताए ।




