रौतहट । छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । बारा र रौतहटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । रौतहटको बौधीमाई नगरपालिका ४ ईनर्वारी टोल बस्ने ५२ वर्षीय अजय नारायण मिश्राको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै बाराको विश्रामपुर गाउँपालिका ५ ईटियाही टोल बस्ने १९ वर्षीय राम बिनय यादवको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




