धनुषा । धनुषाको मिथिला नगरपालिका १० लालगढस्थित निर्माणाधीन घरमा मंगलबार दिउँसो विद्युत् वायरिङ गर्ने क्रममा करेन्ट लागी एक जनाको मृत्यु भएको छ ।
स्थानीय ४० वर्षीय राजकुमार श्रेष्ठलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठ उक्त घरमा विद्युतीय वायरिङको काम गर्दै गर्दा करेन्ट लागेको थियो । घटनापछि प्रहरीले आवश्यक कारबाही अघि बढाएको छ ।




