सिराहा । सिराहामा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । सिराहा नगरपालिका ८ बस्ने २८ वर्षीय राम बाबु यादवको मंगलबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार यादव सोही ठाउँस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेका थिए । घटनापछि उनलाई निकालेर उपचारका लागि लैजाने प्रयास गरिएको भएपनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।




