सप्तरी । सप्तरी खडक नगरपालिका ८ ढोलबाजा बस्ने ६५ वर्षीय हरिलाल चौधरीको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । खेतमा पानी लगाउन विद्युतीय मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते चौधरीको मृत्यु भएको हो ।
घाइते चौधरीलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ ।




