महोत्तरी । महोत्तरी गाउँपालिका ३ मडैस्थित सार्वजनिक पोखरीमा डुबेर ३ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय सुनिल महराकी छोरी प्रिती महरा बिहीबार दिउँसो पोखरीमा डुबेको अवस्थामा भेटिएकी थिइन् ।
उनलाई तत्काल उद्धार गरी उपचारका लागि लैजाने प्रयास गरिए पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




