सर्लाही । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका २ मा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । गए राति बीआर ३० क्यू ५२९५ नम्बरको मोटरसाइकलको ठक्करबाट चन्द्रनगर गाउँपालिका ५ का ६५ वर्षीय हरि नारायण रामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका रामलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




