सिराहा । सिराहाको गोलबजार नगरपालिका ३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
शुक्रबार साँझ इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका १ बल्डडाका २२ वर्षीय दिप कुमार यादव र नरहा गाउँपालिका ५ का ३० वर्षीय इन्द्रजित कुमार यादव रहेका छन् ।
प्रहरीका अनुसार गोलबजारतर्फ आउँदै गरेको स ७ प २५९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा १६ ग्राम १ सय मिलिग्राम तौलको ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद भएको हो । पक्राउ परेकामाथि आवश्यक कानूनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।




