बारा । शनिबार बारा र सप्तरीमा दुई महिला मृत अवस्थामा फेला परेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १७ स्थित सहजनाथ साझेदारी वनको कुलोमा अन्दाजी ३६ वर्षीया महिला मृत भेटिएकी छन् । मृतकको नाम, थर र वतन भने अहिलेसम्म खुल्न सकेको छैन ।
यस्तै, सप्तरीको शम्भुनाथ नगरपालिका ७ भंगाहा स्थित देवधार खोलाको किनारमा अन्दाजी ४५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् । उनको पनि परिचय खुल्न बाँकी छ । प्रहरीका अनुसार दुवै घटना बारे अनुसन्धान अघि बढाइएको छ ।




