सिराहा । सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिरहा नगरपालिका १९ जोगिया टोल बस्ने ५० वर्षीया सुलेना देवी खत्बे मण्डलको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको हो ।
सोही ठाउँस्थित आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




