धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ७ सेन्ट्रल अस्पताल नजिकै सोमबार बिहान पिकअपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बा २१ च ४३०१ नम्बरको पिकअपले ठक्कर दिँदा कञ्चनपुर बेलौरी नगरपालिका ४ घर भएकी ३० वर्षीया शर्मिला कालिकोटेको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको सेन्ट्रल अस्पताल लक्ष्मीनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।




