रौतहट । रौतहटको बौधीमाई नगरपालिका ६ बस्ने गगनदेव राय यादवको करेन्ट लागेर आइतबार बेलुका मृत्यु भएको छ । विद्युतीय तारबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।
सोही ठाउँस्थित खेतमा जाने क्रममा चुडिएर भुइमा रहेको विद्युतीय तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




