काठमाडौं । पोखरा नयाँ बजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ । मंगलबार आन्दोलनकारीले आगजनी गरेका थिए ।
मंगलबार गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाइदिएका थिए ।
आगजनी भएको घरको गाडी सोरुममा जलेको अवस्थामा महिलाको शव फेला परेको हो । उनी यही घरमा काम गर्ने महिला रहेको प्रहरीले जनाएको छ ।




