रौतहट । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर एक बालिका बेपत्ता भएकी छिन् । जितिया पर्वको नहाय खायको लागि शनिबार बिहान ब्रतालुसँगै नुहाउने क्रममा डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन् । गौर नगरपालिका ६ का १० वर्षीय करिश्मा साह डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयद्वारा खोजी कार्य जारी राखेको छ । जितिया पर्वको विधि अन्तर्गत ब्रतार्थीहरू जलाशय स्नानादी गरी घिरौलाको पातमा तोरी वा सस्यूको तेल र पिना चढाएर जिमुतवाहन देवताको पूजा गर्दछन् । यो विधिलाई तेलखरी पनि भन्ने गरिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् ।




