नवलपरासी पूर्व । देवचुली नगरपालिका १३ बौलाहाखोलास्थित सडकमा कावासोतीबाट सिजीतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश ०४-००१ प ७९३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक कावासोती नगरपालिका ३ बस्ने ३२ वर्षीय चुम बहादुर सुनारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल देवचुली दुम्कौलीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




