सिराहा । सिराहाको सिराहा नगरपालिका ३ मखनाहा चोकस्थित सडकमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।
माडरबाट सिराहा तर्फ आउँदै गरेको बीआर ३२ एल ६८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम, थर र वतन भने अहिलेसम्म खुल्न सकेको छैन ।




