महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका २ बस्ने सुधिर पासवानकी छोरी ५ वर्षीया अनुष्का पासवानको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ ।
उनले आफ्नै घरमा टर्चलाईट चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् । उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




