रौतहट । भदौ २४ गते जेनजीको अगुवाईमा भएको आन्दोलनको समयमा रौतहटको गौरस्थित कारागार फोडेर भागेका कैदीमध्ये सोमबार दुई जनाले आफैं हाजिर भएका छन् । अहिले कारागारमा कुल १०६ जना कैदीबन्दी रहेका छन् ।
कारागारमा २९१ जना कैदीमध्ये २६० जना भागेका थिए भने ३१ जना कारागारमै रहेका थिए । कारागार प्रमुखका अनुसार सोमबार मौलापुरका बिहारी साह र फतुवा विजयपुरका हेमचन्द्र प्रसाद आफैं हाजिर भएका हुन् ।
उनीहरूविरुद्ध जिल्ला अदालतले संगठित अपराध र आपराधिक उपद्रोको आरोपमा पुर्पक्षको आदेश जारी गरेको छ । स्थानीय प्रशासनले प्रदर्शनको अवसरमा कैदी भागेपछि खोजतलास सुरु गरेको छ । फरार रहेका कैदीहरूको घर ठेगानामा प्रहरीले निगरानी बढाएको छ ।
हालसम्म २९१ जना कैदीमध्ये १०६ जना मात्रै कारागारमा रहेका छन् भने १८५ जना अझै फरार रहेका छन् । भारतीय प्रहरी र नेपाल प्रहरीले मिलेर ७५ जना फरारलाई नियन्त्रणमा लिइसकेको छ ।




