बारा । बारामा करिब १ किलोग्राम अवैध लागूऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिश्रामपुर गाउँपालिका १ खेखरिया बस्ने ४६ वर्षीय बिनोद पंडित कुम्हार (मुसा पंडित कुम्हार) रहेका छन् ।
उनलाई बुधबार बिहान इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनको साथबाट करिब १ किलोग्राम गाँजा बरामद गरिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




