पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका ६ औराहा स्थित सडकमा बुधबार राति वीरगंजबाट पटेर्वासुगौलीतर्फ जाँदै गरेको बा ६३ प ३१८८ नम्बरको मोटरसाइकलले पैदलयात्री ४५ वर्षीय लालपरी देवीलाई ठक्कर दिएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनी वीरगंजको न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




