महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ५ गौशाला डेरा बस्ने भारत घर भएकी कान्ती देवी मुखियाको १ वर्षीय छोरा चन्दन मुखिया बिहीबार दिउँसो आफ्नै कोठामा पानी भरी राखिएको बाल्टिनमा डुबेर मृत्यु भएको छ ।
डुबेर अशक्त भएका बालकलाई प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारका लागि लगिएको थियो, जहाँ उनको मृत्यु भएको हो । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।




