महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका ३ बाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ ।
सिराहा लहान नगरपालिका २२ सिसबनी बस्ने २६ वर्षीय जेनिस चौधरीलाई शुक्रबार बिहान ४ ग्राम २ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले सिराहाबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०७–००१ ख ००१९ नम्बरको हाईसमा सवार चौधरीलाई चेकजाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारेको हो ।
घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




