सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बाँकेबाट संग्रामपुरतर्फ जाँदै गरेको बीआर ३० एई ८२२० नम्बरको मोटरसाइकलले बिहीबार बेलुकी सोही ठाउँका ६८ वर्षीय गजेन्द्र साहलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका साहको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको जनाएको छ ।




