जनकपुर । धनुषा र रौतहटमा दुई फरक स्थानमा बेग्ला बेग्लै शव फेला परेका छन् । धनुषाको विदेह नगरपालिका ९ स्थित बिमला खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेकी एक महिला बिहिबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
त्यसैगरी, रौतहटको राजदेवी नगरपालिका ४ गडहिया घाटस्थित बागमती नदीको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय एक पुरुष शुक्रबार मृत अवस्थामा भेटिएका छन् । दुवै घटना बारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




