पर्सा । पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका ४ खेस्राहाबाट लहावरथकरी जाने बाटोको छेउमा रहेको नहरमा अन्दाजी ४० वर्षीय पुरुषको शव शुक्रबार फेला परेको छ । मृतकको नाम, थर र वतन भने हालसम्म खुलेको छैन ।
त्यसैगरी महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका २ बस्ने २८ वर्षीय राजेश कापर आफ्नै घर नजिकै रहेको पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीले दुवै घटना बारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




