पर्सा । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका २ गण्डक नहरस्थित सडकमा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दशौताबाट जानकीटोलतर्फ आउँदै गरेको ना ५४ प ७९६६ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा चालक पटेर्वा सुगौली गाउँपालिका २ का ३५ वर्षीय रामशरण उराउ गम्भीर घाइते भएका थिए ।
उपचारका लागि वीरगन्जस्थित न्यूरो अस्पताल लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना बारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




