पर्सा । पर्सा जिल्लाको वीरगंज महानगरपालिका २७ जसौली गाउँबाट प्रहरीले करिब ६ किलोग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
शनिबार बिहान पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका ७ बस्ने ५० वर्षीय देवेन्द्र राउत र बहुदरमाई नगरपालिका २ सिरसियारी बैरिया टोल बस्ने ४० वर्षीय अशोक यादव रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट उदयपुरघुर्मीबाट खटिएको टोलीले बडनिहारबाट भारततर्फ जाँदै गरेको बीआर ०५ एन ०४९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




