सिरहा । सिरहामा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ । लहान नगरपालिका २३ गाढाका ३८ वर्षीय वीजेन्द्रकुमार सहनीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
शनिबार खेतमा धानको सिँचाइका लागि विद्युतीय मोटर चलाउन खोज्दा करेन्ट लागेर सहनी गम्भीर घाइते भएका थिए । तत्काल आफन्त र स्थानीयले उद्धार गरी उनलाई लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्याए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । सहनी लहान नगरपालिका १९ सोनमती गाढास्थित श्री जनता माध्यमिक विद्यालयमा शिक्षक रहेका थिए ।




