महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका ३ बर्दिबासस्थित सडकमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिबार राति प्रदेश २–०२–००१ त २४४ नम्बरको ट्याक्टरले प्रदेश २–०२–००५ प ५७९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रामगोपालपुर ३ दोलाठ्ठीका २६ वर्षीय मनोजकुमार मण्डल गम्भीर घाइते भएका थिए ।
घाइते मण्डललाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




