रौतहट । रौतहटको मौलापुर नगरपालिका ९ सोनारनियास्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले सोमबार दिउँसो जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका २५ वर्षीय महेश मुखियासहित सात जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकासँगै प्रहरीले नगद ५४ हजार ६ सय ७५ नेपाली रुपैयाँ, ३ हजार ५ सय भारतीय रुपैयाँ तथा तासका पाँच बुक बरामद गरेको जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




