सिराहा । सिराहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका ३ महदेवा पोर्ताहा टोलमा आमा छोराको पोखरीमा डुबेर मृत्यु भएको छ । बुधबार सोही टोलकी २६ वर्षीया रबिना सदाय र उनका ३ वर्षीय छोरा राजा सदाय सार्वजनिक पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।
घटनापछि स्थानीयवासीले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । मृत्युको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरीले जनाएको छ ।




