धनुषा । धनुषाको हंसपुर नगरपालिका ३ कुमरा टोलमा बुधबार बेलुकी हंसपुरबाट कुमरा टोलतर्फ जाँदै गरेको “अन टेस्ट” लेखिएको ई-रिक्सा अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा सोही ठाउँ बस्ने ३९ वर्षीय देव नारायण कापड घाइते भएका थिए ।
घाइते कापडलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि लगिएको थियो । तर उपचारको क्रममा बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।




