रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक वीङ्गर मिनि बस र स्कुटर ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा यात्रुबाहक वीङ्गरले विपरित दिशाबाट आउँदै गरेको स्कुटीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिए ।
चाँदी पुलतर्फबाट चपुरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३ प ४६४४ नम्बरको स्कुटीलाई विपरित दिशाबाट जाँदै गरेको प्र ०–३२–००२ ज ०२२९ नं. को वीङ्गरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
प्रहरीका अनुसार स्कुटर चालक चन्द्रपुर नगरपालिका ४ बस्ने ६० वर्षिय शिव प्रसाद तिमल्सिना घाइते भएका छन् । उनको नाक, कुममा चोट लाग्नुको साथै बाँया खुट्टा भाचिएको हाइवे ट्रमा हस्पिटल चन्द्रनिगाहपुरले जनाएको छ । उनको थप उपचारको लागि वीरगज रिफर गरिएको छ ।
वीङ्गर चालक सर्लाही जिल्ला हरिवन नगरपालिका ८ निवासी ३२ वर्षिय मनोज महतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घट्नाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




