सिराहा । सिराहाको लहान नगरपालिका १ मटिअर्वास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । प्र २–०१–००२ प ५०८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा सोही ठाउँका ३० वर्षीय जिवन यादव गम्भीर घाइते भएका थिए ।
उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




