सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका ९ स्वर्णपट्टी टोलमा एक जनाको पोखरीमा डुबेर मृत्यु भएको छ । सार्वजनिक पोखरीमा बिहीबार राति डुबेर मृत्यु भएको हो ।
सोही टोल बस्ने ५५ वर्षीय हंसलाल यादवको घर नजिकै रहेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।




