सप्तरी । सप्तरी र सर्लाहीमा शुक्रबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । एक ६० वर्षीया महिला र ३६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका १ जण्डोल बस्ने ६० वर्षीया झुरनी देवी साह सोही गाउँपालिका १ चम्पाखोला नजिकै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यसैगरी सर्लाहीको बरहथवा नगरपालिका ५ सोल्टी रोड बस्ने ३६ वर्षीय श्याम महतो कोईरी सोही ठाउँस्थित खेतको इनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार दुवै घटना बारे आवश्यक अनुसन्धान भइरहेको छ ।




