सिराहा । सिराहामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । शुक्रबार राति सिरहा नगरपालिका ९ गुलरिया चोकमा चौहर्बाबाट सिराहातर्फ आउँदै गरेको म प्र ०१–००४ प ६९१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते भएका थिए ।
घाइते सोही नगरपालिका १ हटिया बस्ने २० वर्षीय आशिक दासलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल सिराहा ल्याइएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




