सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका १० गंगाजलीस्थित नहरमा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ । सोही स्थानका प्रथम सदाका छोरा बिशाल सदाको शनिबार दिउँसो नुहाउने क्रममा नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरी चौकी फत्तेपुरबाट खटिएको टोलीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




