पर्सा । वीरगंज महानगरपालिका १६ बाट करिब ३० ग्राम ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरिया नगरपालिका ९ सेनवारीका २५ वर्षीय गौरी शंकर प्रसाद चौहान र भारत मोतिहारी, नागारोड निवासी २८ वर्षीय भिम सहनी रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो रक्सौलबाट ईनर्वागाउँतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो । घटना बारे प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।




