रौतहट । रौतहटको राजदेवी नगरपालिका ४ गडहियाटोलस्थित बागमती नदी किनारमा एक पुरुषको शव फेला परेको छ । शुक्रबार बिहान करिब ९ बजे स्थानीयले अन्दाजी ४० वर्षको अधबैसे पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको परिचय अहिलेसम्म खुल्न सकेको छैन ।
प्रहरी टोली घटनास्थल पुगेपछि शवलाई परीक्षणका लागि सदरमुकाम गौरस्थित सरकारी अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए । उनले घटना बारे सूक्ष्म अनुसन्धान भइरहेको पनि बताए ।




